२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार
अ अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन­नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैससले मानवीय सहयोगअन्तरगत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।

कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो सङ्क्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पिसिआर परीक्षण सामग्री, एन्टिजेन सामग्री, भ्यान्टिलेटर, आइसियू शय्या, पोर्टेबल डिजिटल एक्स रे, थर्मल गन, अक्सिनेटर, पिपिईलगायतका उपकरण र सामग्रीहरुको अभाव हुँदा उपचारमा समस्या आएको बताउनुभयो । उहाँले यस्तो विपद्को अवस्थामा आवश्यक सहयोग गरिदिन नेपाल सरकारले सबै मित्र राष्ट्र तथा दातृसंस्थाहरुसँग आग्रह गरेको उल्लेख गर्दै जर्मनीमा कार्यरत संस्थाहरुबाट पनि विगतमा जस्तै यसपटक पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । राजदूत खडकाले जर्मनीबाट उपलब्ध हुने सहयोगलाई नेपाल सरकारले विमानस्थलमा आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ भन्नुभयो । 

सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले नेपालमा हाल कोरोनाको सङ्क्रमण व्यापकरुपमा फैलिएकाले अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण धेरैले ज्यान गुमाउनु परेको अवस्थाका बारेमा अवगत गराउनु भएको थियो । उहाँले जर्मनी नेपालको एक असल मित्र राष्ट्र भएकाले यस विषम समयमा पनि विगतमा जस्तै गैरसरकारी संस्थाहरुले एकमुष्ट सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । राजदूत सेफरले नेपालको अर्थतन्त्रमा कुनै असर नहुने गरी हप्तामा एक-दुईवटा उडानको प्रबन्ध मलाउन आग्रह गर्नुभयो ।  

मैत्री सङ्घका अध्यक्ष तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापाले नेपालमा उत्पन्न स्वास्थ्य समस्याका कारण सिर्जित विकराल अवस्थामा नेपालमा सहयोग गर्दै आएका जर्मनीका गैससहरुबीच समन्वय गरी आवश्यक सहयोग जुटाउन वेबिनार आयोजना गरिएको जानकारी दिनुभयो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) फाउण्डेशनका अध्यक्ष जीवा लामिछानेले एनआरएनले विश्वभरि रहेका आफ्ना च्याप्टरहरुमार्फत सहयोगको आह्वान गरिसकिएको र चीन, ओमानलगायत केही देशबाट स्वास्थ्य उपकरणहरु ल्याइएको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी विभिन्न गैससका प्रतिनिधिहरुले कोरोनाका बिरामीको उपचारमा आवश्यक सामग्रीहरु एकमुष्ठरुपमा उपलब्ध गराउन आफूहरु तयार रहेको र ती सामग्री पठाउन हवाइ उडानको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । कतिपयले यसअघि नै व्यक्तिगत र संस्थागत रुपमा पनि नेपालका केही स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिसकेको जानकारी दिएका थिए । रासस