२३ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दाहरु पनि सुनुवाई गर्ने सर्वोच्च अदालतको तयारी



अ+ अ-

काठमाडौ । सर्बोच्च अदालतले सबैधानिक ब्याख्या मैलिक हक संग सम्बन्धित बिषय एबं सार्बजनिक सरोकार निहित भएका नेपालको रिट निबेदनहरु दर्ता गरी सुनुवाई गर्ने भएको छ ।

शुक्रबार सर्बोच्च अदालतमा सहप्रबक्ता देबेन्द्र ढकालले एक बिज्ञप्ति जारी गर्दे सबिधानको धारा १३३ र १३७ अन्तगत पर्न आउने जरुरी प्रकृतिका रिट निबेदनको दर्ता र सुनुवाई गर्ने जानकारी गराउनु भएको छ । यसै गरी नेपाल सरकार बादी भई चलेका थुनुवा मुद्दाको पुनराबलोकन फिर्ता एबं प्रचलित कानून बमोजिम मिलापत्र हुने सरकार बादी फौजदारी मुद्दा सम्बन्धी कारबाही पनि गर्ने बिज्ञप्तिमा जनाईएको छ ।

 बिज्ञप्तीका अनुसरा सक्रमण जोखिम न्यूनिकरण गर्दे सेवा सुचारु राख्नका लागि सर्बोच्च अदालतमा सुनुवाई गरिने मुद्दाको बहस पैरवी , सुचनाको प्रबिधिको प्रयोग गरी भर्चुअल बिधिबाट संञ्चालन गर्न प्रशासनले आबश्यक व्यवस्था मिलाउने तयारी पनि सर्बोच्च अदालतले गरेको छ ।  

सर्बोच्च अदालतले काठमाडौ जिल्ला अदालतका न्यायधीस बासुदेबलाल श्रेष्ठको निधनमा शोक ब्यक्त गर्दे बैशाख ३१ जिल्ला अदालत बन्द गर्ने निर्णय भएको पनि जानकारी गराएको छ ।