२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

पिसिआर परीक्षण शुल्क घट्यो

पिसिआर परीक्षण शुल्क घट्यो
अ अ+ अ-

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो । 

सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि रु एक हजारमा पिसिआर परीक्षण शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
 
स्वाब सङ्कलन  र परीक्षणको दायरा बढाउन अन्तरिम आदेश

अक्सिजनको आपूर्ति सहज बनाउन, स्वाब सङ्कलन र पिसिआर परीक्षणको दायरालाई विस्तार गर्न बिहीवार अदालतले अन्तरिम आदेश जारी गरेको हो । अदालतले सुविधा सम्पन्न क्वारेन्टिन, आइसियु, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्न गराउन, बालबालिका, महिला, वद्धवद्धा र विपन्न वर्गलगायत विशेष संरक्षण गर्नुपर्ने समाजका सदस्यलाई उपचारमा प्राथमिकतामा राख्न आदेश गरेको छ ।

त्यस्तै महामारीको सङ्कटको अहिलेको समयमा कालोबजारीले प्रश्चय नपाओस् भनेर नियमित रुपमा बजार अनुगमन गर्न गराउन पनि अदालतले अन्तरिम आदेशमार्फत सजग गराएको छ । हालसम्म कोरोनाविरुद्धको खोप कति जनालाई दिइएका छ र हालसम्म पिसिआर जाँच कति भयो, स्वाब सङ्कलन केन्द्र कति रहेका छन, पिसिआर जाँच गर्दा को कसलाई निःशुल्क परीक्षण गर्ने गरिएको छ भनी लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगपालिका, लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र, जिल्ला विपद् व्यवस्थापन र लुम्बिनी प्रदेश सरकारबाट स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा कोषबाट हालसम्म दाङमा भए गरेका कामकारबाहीको विवरण संलग्न गरी आगामी जेठ ९ गतेभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

रिट निवेदक अधिवक्ता विष्णुमणि धिताल, अधिवक्ता रवीन्द्रकुमार धिताल, अधिवक्ता मधुसूदन गौतम, नागरिक अगुवा तथा पत्रकार सुशील बस्नेत र टेकनाथ आचार्यले सो सम्बन्धी बिहीबार उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नुभएको थियो । निवेदकका तर्फबाट अधिवक्ता विष्णुमणि धिताल, रवीन्द्रकुमार धिताल र अधिवक्ता गौतमले बहस गर्नुभएको थियो ।

    रामग्राम नगरपालिकामा प्रमुख चढ्ने गाडी एम्बुलेन्स 

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को एक स्थानीय तहका प्रमुखले आफू चढ्दै आएको सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गर्नुभएको छ ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदा सङ्क्रमितले एम्बुलेन्स नपाएर उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र गुप्ताले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिनुभएको हो । 

एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेर कुनै पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले चढ्दै आएको लु१झ ४७३ नंको सरकारी गाडी एम्बुलेन्स बनाएको उहाँले बताउनुभयो । नगरप्रमुख चढ्दै आएको उक्त गाडी अब नगरभित्रका सङ्क्रमितलाई आइसोलेशन र अस्पतालसम्म तथा अस्पतालबाट घरसम्म पुर्याउने कार्यमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार रामग्राममा हाल ३०१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणकै कारण नगरपालिकाभित्रका २२ जनाले ज्यान गुमाएका छन् ।