काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८५२० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ९४८ र एन्टिजेन विधिबाट ५३० गरी २१४७८ परीक्षण गराउँदा उक्त संख्यामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
यस्तै कोरोनाबाट थप २०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ।
हालसम्म १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन्। यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार १३५ जना कोरोना संक्रममुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ५१६ जना रहेका मन्त्रालयले जनाएको छ।











