काठमाडौं ।सरकारले बिभिन्न ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । एक साता अघि बसेको मन्त्रिपरिषद्को बैठकमा ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाई बिशेष समितिका पठाएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा गरिएको छ । यसै गरी महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका , त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका अधिकारकर्मी सुम्निमा तुलाधर अस्ट्रेलियाको राजदूतको लागि सिफरिसमा पर्नुभएको छ ।
यसैगरी रुसका लागि काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत रुसी भाषाका ज्ञाता जंगबहादुर चौहान ,नारायणप्रसाद संग्रौला म्यान्मार र एमालेनेता युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा पर्नु भएको छ । मन्त्रीपरिषद्ले ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदी र मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्ताव गरिएको छ ।








