४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

कैलालीमा डुबानबाट तीन हजार परिवार प्रभावित

कैलालीमा डुबानबाट तीन हजार परिवार प्रभावित
अ+ अ-

सुदूरपश्चिम । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।

डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ ।

डुबानले घरभित्र पानीपस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।

वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।

बाढी र डुबानको समस्या बढ्दै गएपछि कैलाली जिल्लामा निर्माण भएको पूर्व–पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित वासस्थान बन्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो ।

भइरहेको डुबानको जोखिमबाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेका छन् । “वर्षा हुनासाथ स्थानीयवासी त्रासमा बस्ने गरेका छन्”, स्थानीय शिवलाल चौधरीले भन्नुभयो, “नदीको बहाव बस्तीमा पस्ने खतरा देखिँदा स्थानीयवासी राजमार्गलाई आफ्नो सेल्टर बनाउन विवश भएका छन् ।”

बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ । डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिदेखिका कतिपय पुराना बस्तीनै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडकसमेत कटान हुने गरेको छ । वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमबार रातिदेखि अवरुद्ध छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमन गर्ने यात्रु र मालवाहक यातायातका साधनबीच बाटोमै रोखिएर अलपत्र छन् । यो राजमार्गको बूढीतोला खानीडाँडा सडकखण्ड भासिएको छ भने ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउने काम भइरहेको छ । रासस