६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता



अ+ अ-

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू। ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।

संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता ९पीक्यू०मै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै यस प्रक्रियालाई नै रद्द गरेर पुनः खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनकै बीच सेनाले ठेक्का सम्झौता गरेको हो । यद्यपि विभागीय मन्त्रालय रक्षामार्फत लेखा समितिलाई एक साताअघि पत्र लेख्दै नेपाली सेनाले पीक्यू रद्द गर्न दिइएको निर्देशनमा पुनर्विचार गरिदिन आग्रह गरेको थियो ।

तर, कुनै पनि निकायबाट परिपत्र नआएपछि साविककै कार्यतालिका अनुसार ठेक्का सम्झौता गरिएको सेनाले जानकारी दिएको छ । चैत १९ गते समितिले मन्त्रालयमार्फत सेनालाई दोस्रो प्याकेजको खरीद प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । तर, सरकारले कुनै निर्देशन नदिएपछि सेनाले ती कम्पनीको आर्थिक प्रस्ताव वैशाख १२ गते स्वीकृत गरेको थियो । आर्थिक प्रस्ताव स्वीकृतिको ३ दिनपछि समितिले सीधै नेपाली सेनालाई पत्राचार गरेर पुनः प्रक्रिया रद्द गरी जवाफ दिन निर्देशन दिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।