२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन वा अवरोध गर्ने थलो होइन– गृहमन्त्री



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद विघटन वा अवरोध गर्ने थलो नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘संसद विघटन वा अवरोधको लागि होइन । वादविवाद, संवाद र जनताको आजावलाई मुखरित गर्दै राष्ट्रलाई निकास दिने थलो हो ।,’ गृहमन्त्री श्रेष्ठले भने,’यसलाई गम्भिरतापूर्वक मनन गरी सांसदहरुले आफ्नो कुरा राख्ने र मैले सरकारको धारणा राख्दैछु ।’

उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरे। उनले राजनीतिक क्षेत्रको उपलब्धि राजनीतिक परिवर्तन मात्र नभएर जनतालाई आफ्नो जीवन परिवर्तनको अनुभूति दिलाउने हुनुपर्नेमा जोड दिए ।