काठमाडौ । कोरोना भाइरसको संक्रमण बाट वरिष्ठ पेटरोग विशेषज्ञ ग्याष्ट्रोइन्टेरोलोजिष्ट एवं प्रा. डा. आइ.एल (ईश्वर लाल) आचार्यको निधन भएको छ ।
वैशाख १८ गते सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएका अचार्यलाई कडा निमोनिया भएको थियो ।
उपचारकै क्रममा ८३ वर्षको उमेरमा आईतबार विहान करिव ३ वजेतिर उहाँको निधन भएको स्टार अस्पतालले जनाएको छ ।ग्याष्ट्रोइन्टेरोलोजि क्षेत्रमा आचार्यलाई पिताकै रुपमा चिनिन्थ्यो ।








