५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने कम्पनीमा छापा

मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने कम्पनीमा छापा
अ+ अ-

इटहरी । इटहरी उपमहानगरपालिकाले सामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाएर प्रलोभनमा पार्ने एकेएम ग्रुपमा छापा मारेको छ ।

पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलसहितको टोलीले उक्त ग्रुपमा छापा मारेको हो ।

उनीहरुले सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गरेका थिए । कर्मचारीहरूलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको मेयर पौडेलले बताए ।

उनीहरुले मार्केटिङको काम गर्ने र ग्रुपको सामान बेच्नका लागि सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाइएको छ। उपमहानगरले उनीहरुलाई पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।

इटहरीमा ठगीका घट्नाको विषयमा आफूहरू चलाखी पूर्ण रूपमा काम गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेले बताए । उनले आगामी दिनमा सामाजिक सञ्जालमा सर्वसाधारणलाई झुक्क्याउने, चलाखी पूर्ण रूपमा ठगी गरेको पाइएमा हदैसम्मको कारबाहि गर्ने बताए ।