७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत



अ+ अ-

काठमाडौं । एक महिना अघिदेखि राजधानीमा  मेलम्चीको  खानेपानी  वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको  छ ।  भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप  लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट  वितरण गर्न परीक्षण भइरहेको छ ।

राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी  पाइने  आशा  सपनामै सीमित भएको छ । मेलम्ची आउनासाथ पुरानो  पाइप लाइनबाट वितरण गरिए पनि  परीक्षणपछि नयाँ पाइप लाइनबाट पनि वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केय.केएल)ले जनाएको छ ।

भक्तपुर कटुञ्जेको पानी पोखरीबाहेक अन्य सबै वितरण केन्द्रबाट  मेलम्चीको पानी वितरण भइरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले  जानकारी दिए । उनका अनुसार महाराजगञ्ज, बालाजु, खुमलटार, आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरीबाट पानी वितरण भइरहेको छ । कटुञ्जेको पानीपोखरी निर्माण सम्पन्न भइसकेको छैन ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।