४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’

‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’
अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयमा मंगलवार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताउनु भयो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताउनु भयो ।

अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड नभई डम्पीङ साइडमा परिणत भएको बताउनु भयो । उहाँले स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने धारणा राख्नुभयो । उहाँले काठमाडौं उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताउनु भयो । उपत्यकाको फोहोर स्थायी रुपमा समाधान गर्ने उपायको खोजि हुनुपर्ने बताउनु भयो ।

सांसद पाण्डेले भन्नुभयो, ‘मुख्यत: अल्पकालीन र दीर्घकालीन व्यवस्थाका बारेमा छलफल भयो । हामीले सुझाव दियौं । फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले के भोगिरहेका छन् ? कति फोहोर छ ? कति अव्यवस्थित छ ? काठमाडौंमा बस्दै आएका ६५ लाख नागरिकले गरेको फोहोर लगेर दुई वटा पालिकामा फ्याँकिदिएर त्यो जनताले भोगिरहेको समस्याका बारेमा भोगिरहेको पीडा त्यहाँका जनप्रतिनिधिमार्फत सबैलाई जानकारी दिने काम भयो । अहिले लैजाने गरेको फोहोर हामीले ल्याण्डफिल्ड साइड भन्छौं, त्यो ल्याण्डफिल्ड साइड होइन डम्पीङ साइड हो । पहिलेदेखि नै सबै फोहोर घर्‍यापघुरुप उठाउने फलामका किलादेखि फुटेका सिसासम्म सबै फ्याँकिदिने कार्य भइरहेको छ । यो खालको अव्यवस्था अन्त्य गर्नुपर्‍यो भनेर सल्लाह दियौं ।’

‘टेलिभीजनमार्फत शहरका जनतालाई दुई तीन महिना लगाएर फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिऔं । फोहोर घरघरमै छुट्याऔं । नगरपालीकाले तीन रङका थैलाहरु पठाओस्, एउटा मल बनाउन सकिने कुहिएर जाने फोहोर, अर्को रिसाइकल गर्न सकिने फोहोर र अर्को डम्पिङनै गर्नुपर्ने फोहोर । यी फोहोरहरुलाई त्यसतै रङका गाडीमा लैजाने बन्दोबस्तो गरौं । रिसाइकल हुन सक्ने फोहोरलाई उद्योगका रुपमा विकास गरौं । मल, पेपर, प्लाष्टिक उद्योग हुनसक्छ । डम्पिङ त थोरैमा लगेर फ्याँके पुग्छ, त्यो खालको काम गरौं भनेर हामीले सुझाव दियौं । ढुवानी गर्दा थोत्रा ट्रकमा झोल चुहाउँदै लैजानुपर्छ । काठमाडौंदेखि गन्हाउँदै पुग्छ । त्यहाँपनि झोलको पोखरी छ । स्थायी रुपमा फोहोरको व्यवस्थापन गर्न पनि सल्लाह दियौं ।’

बैठकपछि कुरा गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने बताउनु भयो । फोहोर व्यवस्थापन गर्न बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिनुभयो ।

सुवालले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल भयो । काठमाडौं उपत्यकामा ७७ वटै जिल्लामा बस्ने र फोहोर त टनाटन हुने भयो । त्यसैले सरकारको पनि संलग्नता चाहियो । देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ । बसाईंसराई बढिरहेको छ । बसाईंसराईलाई निरुत्साहित गर्नुपर्छ । फोहोर सरुवा रोगसँग सम्बन्धित छ । फोहोरमैलाको बन्दोबस्तो गर्नुपर्छ ।’

धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताउनु भयो । उहाँले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताउनु भयो । आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले वर्षौंदेखि फोहोर व्यवस्थापनबारे छलफल भएपनि समाधान निकाल्न सरकार जिम्मेवार नभएको बताउनु भयो ।

आचार्यले भन्नुभयो, ‘शहरी विकास मन्त्रीज्युको अध्यक्षतामा एउटा सहजिकरण समिति छ । त्यो क्याबिनेट डिसिजनबाट बनेको समिति हो । दीर्घकालीन योजनाबारे सुझाव लिइएको हो । कार्ययोजना उहाँहरुले प्रश्तुत गर्नुभयो । कार्ययोजनामा दीर्घकालीन सोचका कुराहरु छन् । हाम्रो सुझाव के रह्यो भने दीर्घकालीनले मात्रै पुग्दैन आजको समस्या हल हुनुपर्छ । काठमाडौं महानगरपालीका १ वर्षदेखि सम्पर्कविच्छेद गरेर बस्यो । र, त्यहाँका जनतालाई प्रहरी लगाउने काम भयो । बञ्चरेडाँडा नितान्त धुनिबेंसीको भूभाग हो । तर, फोहोरको उचित व्यवस्थापन हुनै सकेन । फोहोरको लिच्चेडका कारण नागरिकहरु बस्नसक्ने अवस्थामा छैनन् ।’

‘हाम्रो भनाई के हो भने दीर्घकालीन, मध्यकालीन र अल्पकालीन तीनै खालका कार्ययोजना बन्नुपर्छ । त्यहाँका नागरिक बस्नसक्ने अवस्थामा छैनन् । हाम्रा नागरिकहरु फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने दुई वटा विकल्प मात्रै बाँकी छन् । कार्ययोजना त धेरै नै बनिसके । धेरै वटा कार्ययोजना र धेरै छानबिन हामीले हेरिसकेका छौं । कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्छ । अहिले खोलामा लिच्चेड बगिरहेको छ । जसले गर्दा किसानले खेतीपाती गर्न पाएका छैनन् । लिच्चेड बग्न नदिने समस्याको समाधान राज्यले तत्काल खोज्नुपर्छ । फोहोर र मान्छे एकै ठाउँमा बस्न सक्दैनन् । त्यहाँ बस्ने नागरिकलाई अन्यत्र व्यवस्थापन गरिदिनुपर्‍यो ।’

शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।