२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । पार्टी भित्रको अन्तरसर्घष व्यबस्थापन गर्न बनेको नेकपा एमाले कार्यदलको बैठक आज बस्दैछ । कार्यदल गठन भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । 

बैठक दिउसो तीन बजे सिंहदरबारमा बस्ने एमाले नेता एबं कार्यदलका सदस्य रधुजी पन्तले जानकारी दिनुभयो । हिजो बैठक बस्ने भनिएपछि नेपाल पक्षका संयोजक भीम रावलको आँखामा समस्या भएका कारण बस्न सकेको थिएन । 

गत  वैशाख ३१ गते अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली र  बरिष्ठ नेता माधब नेपाल बीच  एमालेलाई एकताबद्ध बनाएर लैजाने र बिवादका बिषयलाई कार्यदल बनाएर समाधान खोजीने सहमति भएको थियो ।  

नेपाल पक्ष २०७५ जेष्ठ दुई लाई आधार मान्नु पर्ने पक्षमा रहेको छ भने ओली पक्ष २०७७ फाल्गनु २८ को बैठकलाई आधिकारीक मान्नु पर्ने पक्षमा देखिदै आएको छ । कार्यदलका ओली पक्षबाट सुवास नेवाङ, बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञावली र बिष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट भीम रावल , घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रधुजी पन्त सदस्य रहनु भएको छ ।