२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा हिंसाले त्रसित परिवार, श्रीमतीको आधार कार्ड देखेपछि शिविरबाट निकालियो



अ+ अ-

एजेन्सी । ‘मे ३ को रात थियो । करिब १० बजिसकेको थियो । भीड आएर तोडफोड गर्न थाल्यो । म गर्भवती थिएँ । यो सब देखेर मलाई निकै डर लाग्यो । मेरो श्रीमान् मेइती र म कुकी हुँ । मलाई भन्नुहोस्, हामी मणिपुरको लडाईमा कोसँग उभिनेछौं । यो डरको माहौलमा मेरो नजन्मेको सन्तानमा कस्तो असर पर्ला ?’

यो भनाई नागाहोइचोङको हो । उमेर २७ वर्ष । भर्खर ९ महिनाको गर्भवती । मणिपुरमा कुकी र मैतेईबीचको लडाइँ सुरु भएपछि उनीहरुको परिवार विखण्डित भयो । नागाहोइचोङ काङपोकपीमा बस्दै आएकी छिन् र उनका श्रीमान् जोतिन इम्फालमा छन् । स्कुलमा प्रेम भयो, ११ वर्षअघि बिहे भयो । त्यसबेला आजको जस्तो कुकी–मैतेईमा घृणा थिएन, त्यसैले सबै कुरा खुसीसाथ भयो ।

दुबैका दुई सन्तान छन् । बच्चाहरूलाई दुईवटा नाम दिइएको छ, एउटा कुकी र अर्को मैतेई । ५ वर्षीया छोरीको नाम कुकीको नाम नेन्ग्नेइकिम र मैतेईको नाम ल्यान्थेन्बी राखिएको छ । र ३ वर्षीय छोराको कुकी नाम थाङ्गलेनहाङ र मैतेईको नाम लमसिङ्दा हो । बच्चाहरु नागाहोइचोङसँगै बस्छन् ।

मणिपुरमा चर्किएको हिंसामा कुकीले मैतेईको ज्यान लिएका छन् भने मैतेईले कुकीलाई मारेका छन् । नागाहोइचोङ र जोतिनको लागी, सँगै बस्नु भनेको मृत्यु रोज्नु हो ।

नागाहोइचोङ र जोतिनको कथा आजको मणिपुरको कथा हो । सम्बन्ध जति पुरानो किन नहोस्, समाज फरक भए पनि सँगै बस्न सक्दैनन् । नागाहोइचोङ र जोतिन विभिन्न राहत शिविरमा बस्दै आएका छन् । दुबै एक अर्कासँग वरपरका मानिसहरूसँग कुरा गर्न सक्दैनन् ।

‘मैतेई मानिसहरू राहत शिविरमा बसिरहेका थिए । भोलिपल्ट उनीहरुले मलाई मेरो आधार कार्ड देखाउन आग्रह गरे । आधार कार्ड हेरेर उनीहरूले भने, यो कुकी केटी हो, यसलाई भगाउ यहाँबाट । नागाहोइचोङ भन्छिन् , ‘हामीलाई यहाँ बस्न गाह्रो हुने महसुस भयो । ५ मेमा शिविर छाड्यौँ । त्यसपछि आमाको फोन आयो । उहाँले मणिपुरको अवस्था हेर्दा तीमिहरु दुबै सँगै बस्न सक्छौं भन्ने लाग्दैन भन्नुभयो ।’