५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा हिंसाले त्रसित परिवार, श्रीमतीको आधार कार्ड देखेपछि शिविरबाट निकालियो



अ+ अ-

एजेन्सी । ‘मे ३ को रात थियो । करिब १० बजिसकेको थियो । भीड आएर तोडफोड गर्न थाल्यो । म गर्भवती थिएँ । यो सब देखेर मलाई निकै डर लाग्यो । मेरो श्रीमान् मेइती र म कुकी हुँ । मलाई भन्नुहोस्, हामी मणिपुरको लडाईमा कोसँग उभिनेछौं । यो डरको माहौलमा मेरो नजन्मेको सन्तानमा कस्तो असर पर्ला ?’

यो भनाई नागाहोइचोङको हो । उमेर २७ वर्ष । भर्खर ९ महिनाको गर्भवती । मणिपुरमा कुकी र मैतेईबीचको लडाइँ सुरु भएपछि उनीहरुको परिवार विखण्डित भयो । नागाहोइचोङ काङपोकपीमा बस्दै आएकी छिन् र उनका श्रीमान् जोतिन इम्फालमा छन् । स्कुलमा प्रेम भयो, ११ वर्षअघि बिहे भयो । त्यसबेला आजको जस्तो कुकी–मैतेईमा घृणा थिएन, त्यसैले सबै कुरा खुसीसाथ भयो ।

दुबैका दुई सन्तान छन् । बच्चाहरूलाई दुईवटा नाम दिइएको छ, एउटा कुकी र अर्को मैतेई । ५ वर्षीया छोरीको नाम कुकीको नाम नेन्ग्नेइकिम र मैतेईको नाम ल्यान्थेन्बी राखिएको छ । र ३ वर्षीय छोराको कुकी नाम थाङ्गलेनहाङ र मैतेईको नाम लमसिङ्दा हो । बच्चाहरु नागाहोइचोङसँगै बस्छन् ।

मणिपुरमा चर्किएको हिंसामा कुकीले मैतेईको ज्यान लिएका छन् भने मैतेईले कुकीलाई मारेका छन् । नागाहोइचोङ र जोतिनको लागी, सँगै बस्नु भनेको मृत्यु रोज्नु हो ।

नागाहोइचोङ र जोतिनको कथा आजको मणिपुरको कथा हो । सम्बन्ध जति पुरानो किन नहोस्, समाज फरक भए पनि सँगै बस्न सक्दैनन् । नागाहोइचोङ र जोतिन विभिन्न राहत शिविरमा बस्दै आएका छन् । दुबै एक अर्कासँग वरपरका मानिसहरूसँग कुरा गर्न सक्दैनन् ।

‘मैतेई मानिसहरू राहत शिविरमा बसिरहेका थिए । भोलिपल्ट उनीहरुले मलाई मेरो आधार कार्ड देखाउन आग्रह गरे । आधार कार्ड हेरेर उनीहरूले भने, यो कुकी केटी हो, यसलाई भगाउ यहाँबाट । नागाहोइचोङ भन्छिन् , ‘हामीलाई यहाँ बस्न गाह्रो हुने महसुस भयो । ५ मेमा शिविर छाड्यौँ । त्यसपछि आमाको फोन आयो । उहाँले मणिपुरको अवस्था हेर्दा तीमिहरु दुबै सँगै बस्न सक्छौं भन्ने लाग्दैन भन्नुभयो ।’