२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका राजदूत कि नेताका दूत ? संकटमा देशलाई सहयोग खोई ?



अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाको कहरले सीमा नाघ्दै गर्दा अस्ट्रेलियाको एनआरएमा रहेका केही सदस्यहरुले मंगलबार त्यहाँका एकजना मन्त्रीलाई भेटेर सहयोगको याचना गरेका छन् । सोमबार साँंझ नेपाली अभियन्ताहरु तथा एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, महावाणिज्यदूत दिपक खड्का, अर्थविद् कृष्ण हमाल, लक्ष्मण श्रेष्ठलगायतले अस्ट्रेलियाका एक मन्त्री डेभिड कोलम्यानलाई भेटेर सहयोगको अपील गरेका हुन् । 

अस्ट्रेलियाका पूर्व अध्यागमन मन्त्री तथा हाल प्रधानमन्त्री कार्यालयका सहायक मन्त्री डेविड कोलम्यानलाई भेटेर उनीहरुले हालको नेपालको अवस्था औँल्याउदै आवश्यक सहयोगको अपील गरेका हुन् । उनीहरुले अहिले नेपाललाई कोभिडका लागि औषधि, आवश्यक स्वास्थ्य सामाग्री र भ्याक्सीनको सहयोगका लागि अनुरोध गरेको बताएका छन् । 

अष्ट्रेलियामा नेपाली दूताबास त छ तर त्यहाँ अहिले राजदूत छैनन् । माओवादी नेता पुष्पकमल दाहालको नाता पर्ने त्यहाँ त्यहाँका राजदूतलाई सरकारले हालै फिर्ता बोलाएको छ । हालैमात्र पनि खाडीका केही देशमा रहेका नेपाली नागरिकले आफ्नो गाँस नै काटेर अक्सिजनका सिलिन्डर सहित केही स्वास्थ्य सामग्रीहरु पठाएका थिए । 

उनीहरुले आफूहरु खाडीमा कार्यरत रहेको भए पनि नेपालको अवस्था निकै नै नाजुक रहेकोले यसका लागि आवश्यक सहयोग उपलब्ध गराएको जानकारी गराउँदा यता नेपालीको मन भारी भयो । किनभने खाडीमा बस्ने नेपालीले गाँस काटेर पठाएको सहयोग सानो भए पनि मूल्य सानो थिएन । 

देश यतिखेर महामारीले आक्रान्त छ । कोरोना महामारीको चपेटमा परेको नेपालमा अहिले छिनछिनमै मानिसको मृत्युका समाचार आइरहेका छन् । यसले गर्दा नेपाली नागरिकको मन मस्तिष्क नै यतिखेर निकै कमजोर बनेको अवस्था छ । 

कोरोनाको पहिलो लहर आउँदा खासै राजधानी नदुखेकोले यहाँका नीति निर्माता र काठमाडौंमा बस्ने सरकारले त्यति तयारी गरेको थिएन । तर अहिले भने महामारीले पहिला राजधानीलाई घेरा हालेको अवस्था देखिएको छ ।  

तर पछिल्ला दुई हप्ता नेपालमा कोरोनाको संक्रमणले यसरी घेर्यो कि अहिले नेपालीले सास फेर्न पनि पाएका छैनन् । हो, अहिले देशैभरिका स्वास्थ्य संस्थाहरु तथा होम आइसोलेसनमा अक्सिजनको अभाव भइरहेको छ । मानिस अक्सिजनको अभावमा सासै फेर्न नसकेरै ज्यान फाल्न बाध्य भएका छन् । 

यस्तो अवस्थामा हामीलाई अपेक्षित रुपमा विदेशबाट सहयोग आउन सकिरहेको छैन । चीनबाट पनि सरकारले विगतका वर्षहरुमा जस्तो उल्लेख्य सहायता लिन सकिरहेको छैन । चीन त दिन तयार छ जस्तो कि खोप दिन चीन तयार हुदा पनि यहाँ नेपालका स्वास्थ्यमन्त्रीले त्यसैमा राजनीति खेलेका छन् । 

उता भारततिर कमिसन मिल्न नसकेर ल्याउन सकेका छैनन् भने यता चीनबाट ल्याउन पनि कूटनीतिक सफलता र सीप पाइएको छैन । यद्यपि, अक्सिजन सिलिन्डर, खोप र अरु स्वस्थ्य सामग्रीहरु चीनले भने अरु देशेका तुलनामा सहयोग गरिरहेकै छ । 

यहाँ यतिखेर उठाउन खोजेको प्रसंग नेपालका राजदूतहरुको हो । नेपाल सरकारले विदेशमा पठाएका राजदूतहरुको असक्षमताका कारण आज देश नराम्रोसँग चपेटामा परेको छ । यहाँसम्म कि नेपालको अवस्था निकै नै नाजुक रहेको भन्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशकले हालै जेनोभाको पत्रकार सम्मेलनबाट नेपाललाई सहायताको आग्रह गर्दा पनि नेपाललाई सहयोग गर्न विदेशीहरु त्यतिधेरै तत्पर देखिएका छैनन् । 

यो सबै नेपालको कूटनीतिक कमजोरीका कारण भएको हो । नेपालले पठाउने राजदूतहरुका कारण देशले आज यो अवस्थामा पनि सहयोग प्राप्त गर्न सकिरहेको छैन । नेपालको परराष्ट्र नीतिको बारेमा कुनै पनि ज्ञान नभएका तथा यता वडा अध्यक्षसम्म पनि तर लाउन नसकेका व्यक्तिलाई राजदूतजस्तो पद वितरण गर्दा ती व्यक्तिहरुले देशलाई अप्ठेरो परेका बेला सानो मात्र पनि कूटनैतिक सहयोग दिलाउन सक्दैनन् । 

त्यसको प्रत्यक्ष अवस्था अहिले देखिएको छ । यमनबाट नेपाली राजदूत शर्मिला पराजुलीले केही थान अक्सिजन सिलिन्डर र यता चीनबाट महेन्द्रबहादुर पाण्डेले केही स्वास्थ्य सामग्री पठाएबाहेक अन्यत्रबाट केही आउन सकेको छैन । 

देशलाई यस्तो बेलामा सहयोग भारत, अमेरिका, बेलायतजस्ता देशहरुले पनि गर्न सक्थे । तर त्यहाँसम्म आफ्नो कूटनीतिक हैसियत पुर्याउन सक्ने नेपालका राजदूत नभएकाले हाम्रो वास्तविक अवस्थाका बारेमा ती देशको ध्यानाकर्षण गराउन सकिएको छैन । 

भारतमा बृद्धभत्ता खाने उमेरका एकजना राजदूत छन्, उनी त्यहाँ पुगेदेखि नै विवादमा छन् । उनले भारतजस्तो देशमा बसेर नेपालका लागि सिन्कोसम्मा भाँच्न सकेका छैनन् । नेपाललाई सहयोगको पहुँच त के भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमै अलपत्र परेका नेपाली नागरिकलाई पनि केही गर्दैनन्, जबजब समस्या आइलाग्छ अनि उनी मोबाइला फोन अफ गरेर बस्ने गर्दछन् । 

उता अमेरिकामा रिटायर्डमेन्ट लिएर गएका एकजना कर्मचारी युवराज खतिवडा छन् भने बेलायतमा परराष्ट्रकै कर्मचारी दुबसु क्षेत्री छन् । यी दुवै जनाको जागिरमात्र खाने कर्मचारी मानसिकता बाहेक केही छैन । उनीहरुले नेपालका लागि केही पनि गर्न नसक्ने ती देशमा रहेका नेपालीले बताउँछन् र उनीहरुप्रति नेपालीको ठूलो गुनासो रहेको छ । 

देश महामारीले थलिएको छ । विश्वका शक्तिशाली र धनी देशहरुमा नेपालका राजदूतहरु छन् । तर ती देशका राजदूत नभएर पार्टीका दूतजस्ता भएका छन् । पार्टीको सरकारका दूतजस्ता भएका छन् । देश यस्तो महामारीमा परेका बेला आफू राजदूत रहेको देशबाट सानो तिनो भए पनि देशका लागि सहयोग जुटाउँ भन्ने न तिनीहरुसँग भावना छ र नत कूटनीतिक क्षमता नै छ । 

त्यसैले यो देख्दा लाग्छ नेपाल सरकारले ती देशमा नेपालका राजदूत पठाएको होइन कि सरकारको पार्टीका र त्यो पार्टीका पनि आफ्ना निकट नेताहरुका दूतमात्र पठाएको छ । हालै नेपाल सरकारले नियुक्त गरेका राजदूतहरुको योग्यता र क्षमता हेर्दा पनि त्यस्तै लाग्छ । कतै निमावीका शिक्षक छन् भने कतै उहिल्यै सांसद भएका बृद्धबृद्धाहरु छन् । अनि कतै केके नातेदारहरु ।