काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरिक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ ।
बरालको दिउँसो पशुपतिमा अन्तेष्टि गरिने उहाँका नाति पुजन बरालले जानकारी गराउनु भएको छ । ०२९ देखि ०३५ सम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका बराल पछि राजदूतदेखि राष्ट्रिय पञ्चायतको सदस्यसम्म हुनु भएको थियो ।








