११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

एक हप्ताभित्र लिक्विड अक्सिजन भारत/चिनबाट ल्याएर समस्या समाधान हुन्छ: नन्दकिशोर बस्नेत (भिडियो सहित)

एक हप्ताभित्र लिक्विड अक्सिजन भारत/चिनबाट ल्याएर समस्या समाधान हुन्छ: नन्दकिशोर बस्नेत (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताउनुभयो । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लगानीकर्ता व्यावसायीले लिमिटेडको जग्गा रहेको हेटौंडा, मोतिपुर, नेपालगञ्ज, सुदूरपश्चिम लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘औद्योगिक क्षेत्रको जहाँजहाँ जग्गा छ । लामो भएको नियमावली छोट्याएर छिटोभन्दा छिटो जग्गा, पानि, बिजुली सबै हामी व्यवस्था गर्छौ ।’

अध्यक्ष बस्नेतले केही कम्पनीहरुसँग कुराकानी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले अहिले भईरहेका अक्सिजन प्लान्टले आवश्यकताको पुर्ति गर्न नसकेको भन्दै उहाँले प्लान्टको क्यापिसिटी वृद्धि गर्नुपर्ने पनि बताउनुभयो । अक्सिजन अभावको परिपुर्तिको लागि अब छिमेकी मुलुक चीन र भारतबाट लिक्विड अक्सिजन ल्याउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘अक्सिजन प्लान्टको क्यापिसिटी वृद्धि गर्नुपर्‍यो । सबै अक्सिजन प्लान्ट फुल फेजमा चलेको छ । अब यसबाट सम्भव छैन । अब सम्भव एउटै मात्रै  छ, हामीले लिक्विड अक्सिजन ल्याउने र सिधै भर्ने । लिक्विड अक्सिजन अब नेपालमा सप्लाई गरेर ज–जसले लिक्विड ट्यांक राख्नुभएको छ । उहाँहरुबाट लिक्विड अक्सिजन सप्लाई गर्‍यौ भने सहज हुन्छ । अक्सिजनको अभाव हटाउन तत्काल एक हप्ताभित्रमा लिक्विड अक्सिजन भारत-चिनबाट ल्याएर मात्र समस्या समाधान हुन्छ ।’

उहाँले १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक राखिने पनि बताउनुभयो । अक्सिजन लिक्विडको व्यवस्थापन र अक्सिजन प्लान्टको क्षमता बढाइने पनि उहाँले बताउनुभयो ।