११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

काँग्रेसले भोलि प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने

काँग्रेसले भोलि प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने
अ अ+ अ-

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै महामारी नियन्त्रणमा सरकार गम्भीर बन्न नसकेकोमा ध्यानाकर्षण गराउने भएको छ । 

नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिको समन्वयमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि प्रधानमन्त्रीलाई भेटेरै कोरोना महामारीबाट देशमा विकराल परिस्थिति सिर्जना भएको अवस्थामा पनि सरकारले महामारीको उपचार र व्यवस्थापनमा ध्यान नदिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको हो । 

दिनहुँ २ सयको हाराहारीमा नागरिकको ज्यान गइरहेको, हरेक दिन ८ हजारभन्दा बढी संक्रमितहरु थपिएको अवस्थामा पनि जनतालाई स्वास्थ्य सुविधा दिन तथा आवश्यक अक्सिजन तथा अस्पतालका शैया समेत उपलब्ध गराउने सामान्य र आधारभूत काम नै गर्न नसकेको भन्दै सरकारलाई ज्ञापन पत्रमार्फत् ध्यानाकर्षण गराउन लागेको काँग्रेसको कोभिड १९ समितिका संयोजक एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । 

सहमहामन्त्री डा.महतले भोलि विहान ९ बजे प्रधानमन्त्री ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । सभापति देउवाको नेतृत्वमा पार्टीका पदाधिकारी र नेताहरुका साथै उक्त कोभिड समितिका सदस्यहरु पनि प्रधानमन्त्री कार्यालय जाने भएका हुन् ।  

सो समितिका संयोजक डा.महतको पहलमा सो समितिले केही दिनयतादेखि देशका सबै प्रदेशका पार्टी प्रतिनिधि लगायत नागरिकहरु एवं समाजका सबै क्षेत्रका नागरिकहरुसँग देशका विभिन्न भागमा कोभिड १९ ले पारेको प्रभाव र त्यसको व्यवस्थापनमा सरकारको उपस्थितिका विषयमा भर्चुअल अन्तक्र्रिया गरेको थियो । 

सो अन्तरक्रियामा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै पदाधिकारी र सो समितिका सदस्यहरुको सहभाागिता थियो । 

त्यस क्रममा देशैभरका नगारिकले जनता महामारीको चपेटामा परेको अहिलेको अवस्थामा पनि सरकारले उपस्थिति जनाउन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति व्यापक मात्रामा गुनासो गरेका थिए । 
साथै यसअघि पनि उक्त समितिले प्रदेशहरुमा पुगेर पनि कोरोनाको कहर र यसबाट जनतामा परेको प्रभावका बारेमा पनि अन्तरक्रिया गरेको थियो ।