७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावहीन बन्दै संसद्



अ+ अ-

काठमाडौं । संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्।  

सत्ता नेतृत्व गरेका पात्रको प्रवृत्ति अनेक हुन्छ तर त्यसलाई ‘साइज’मा ल्याएर सन्तुलित बनाउने काम संसदीय प्रणालीमा संसद्ले गर्नुपर्छ भन्ने मान्यता संसदीय व्यवस्थामा हुने विश्लेषकको टिप्पणी छ। संसद् नभएको बेलामा मुलुकको हितका लागि गर्नुपर्ने महत्वपूर्ण काम अध्यादेश ल्याएर गर्नुपर्ने हुन्छ। तर अध्यादेश ल्याउने नाममा विकृतिको सुरुआत भइरहेको सरकारी स्रोत बताउँछ। संसद्लाई छल्ने, भंग गर्ने, बिजनेस नदिने प्रवृत्तिले मुलुकले सही दिशा लिन नसक्ने देखिन्छ। संविधानतः राज्यको सबैभन्दा महत्वपूर्ण निकाय व्यवस्थापिका हो। प्रजातान्त्रिक व्यवस्थामा सबैभन्दा सरल र वैधानिक प्रक्रिया पनि यसलाई मानिएको छ। 

व्यवस्थापिकाले सम्प्रभुता आफूमा निहित गरी कानुन निर्माण गर्दछ। त्यसैले नै व्यवस्थापिकाले जनभावनाको प्रतिनिधित्व गर्दछ भनिन्छ। ओली सरकारले अध्यादेशमार्फत ल्याएका कतिपय कानुन संसद्को हिउँदे अधिवेशनमा पेस हुन सकेनन्। संसद् बसेको ६० दिनसम्म अध्यादेश निष्क्रिय नहुने भएकाले संसद्को बर्खे अधिवेशन बोलाएर पेस गर्न सकिने भए पनि अधिवेशन बोलाउने काम नभई पुनः उनी अध्यादेशमार्फत आएका छन्।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।