काठमाडौं । आज हुन गईरहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन मतदानस्थल भुटनदेवी मा.वि. हेटौँडामा राखिएको छ । निर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी हुनुहन्छ ।

उहाँहरु हेटौँडा आइसक्नुभएको जनाइएको छ । आज हुने उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।

बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ ।










