११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु, भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गरिने

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु, भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गरिने
अ अ+ अ-

हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदानको नतिजा सार्वजनिक भने भर्चुअल माध्यमबाट आजै गरिने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिएपनि करिब सवा नौ बजेबाट मात्रै मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म गरिने छ । आज हुने उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।

                                                                (मतदान केन्द्रमा गृहमन्त्री रामबहादुर थापा (बादल) तस्बिर स्रोतः किरण भट्टराईको फेसबुकबाट)

स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा मतदानस्थल बनाईएको  हो ।

                                                                     (मतदान केन्द्रमा गृहमन्त्री रामबहादुर थापा (बादल) तस्बिर स्रोतः किरण भट्टराईको फेसबुकबाट) 

निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी छन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् । प्रतिस्पर्धी  उम्मेदवारहरु भने भोट हाल्न पाउँदैनन् ।