३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको उन्नती जलविद्युतबाट नै सम्भव छ: सभामुख घिमिरे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताउनु भयो । उहाँले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दूरदराजमा आवश्यकताले र क्षमताको अभावमा जनताले विद्युत उपभोग गर्न पाइ नरहेको ठाउँमा समुदायलाई संगठित गरेर शुरुमा २० प्रतिशत जनताको लगानी गर्नुपर्ने ठाउँमा अनेक कठिानाइ गरेर १० प्रतिशतसम्म जनताको सहयोगमा र बाँकी राज्य र संस्थाको लगानीको हिसावबाट पनि गर्नेगरी दूरदराजलाई उज्यालो बनाउन महत्वपूर्ण भुमिका निभाएको छ । अझै बाँकी ठाउँमा, बत्ती बाल्न पनि नपाइरहेको ठाउँमा बत्ती कसरी बाल्ने, २ वर्ष भित्रमा सबै अध्याँरो मुक्त देश बनाउने सरकारको तयारीका लागि यस संस्थाको भुमिका महत्वपूर्ण हुने नै छ । नेपालको उन्नती विद्युत हो । जलविद्युतबाट नै गर्न सकिन्छ । त्यसका लागि आम जनताले उपभोग गर्नेकुरा विद्युतमार्फत गर्ने, औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि यस संस्थाले महत्वपूर्ण कदम चाल्नेछ ।’

‘उर्जा ऐन १४ वर्षदेखि अड्किएको र हिजो आएकोमा संशोधनलाई स्वीकार गर्न नसकेर अड्किएको र अहिले पनि त्यसलाई केन्द्रिकरण गर्ने र विदेशीहरुको हीतमा उर्जा नीतिहरु आउने वा व्यपार व्यवसाय त्यसअनुसार जानेगरी आउन लागेको कुरामा केही चर्चा भयो । अहिले संसदमा पनि केही न केही समस्या उत्पन्न हुने गरेका छन् तथापि संसदको काम भनेको आवश्यक कानून निर्माण गर्ने नै हो । थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका निर्वाह हुनेछ ।’

सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।