२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको उन्नती जलविद्युतबाट नै सम्भव छ: सभामुख घिमिरे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताउनु भयो । उहाँले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दूरदराजमा आवश्यकताले र क्षमताको अभावमा जनताले विद्युत उपभोग गर्न पाइ नरहेको ठाउँमा समुदायलाई संगठित गरेर शुरुमा २० प्रतिशत जनताको लगानी गर्नुपर्ने ठाउँमा अनेक कठिानाइ गरेर १० प्रतिशतसम्म जनताको सहयोगमा र बाँकी राज्य र संस्थाको लगानीको हिसावबाट पनि गर्नेगरी दूरदराजलाई उज्यालो बनाउन महत्वपूर्ण भुमिका निभाएको छ । अझै बाँकी ठाउँमा, बत्ती बाल्न पनि नपाइरहेको ठाउँमा बत्ती कसरी बाल्ने, २ वर्ष भित्रमा सबै अध्याँरो मुक्त देश बनाउने सरकारको तयारीका लागि यस संस्थाको भुमिका महत्वपूर्ण हुने नै छ । नेपालको उन्नती विद्युत हो । जलविद्युतबाट नै गर्न सकिन्छ । त्यसका लागि आम जनताले उपभोग गर्नेकुरा विद्युतमार्फत गर्ने, औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि यस संस्थाले महत्वपूर्ण कदम चाल्नेछ ।’

‘उर्जा ऐन १४ वर्षदेखि अड्किएको र हिजो आएकोमा संशोधनलाई स्वीकार गर्न नसकेर अड्किएको र अहिले पनि त्यसलाई केन्द्रिकरण गर्ने र विदेशीहरुको हीतमा उर्जा नीतिहरु आउने वा व्यपार व्यवसाय त्यसअनुसार जानेगरी आउन लागेको कुरामा केही चर्चा भयो । अहिले संसदमा पनि केही न केही समस्या उत्पन्न हुने गरेका छन् तथापि संसदको काम भनेको आवश्यक कानून निर्माण गर्ने नै हो । थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका निर्वाह हुनेछ ।’

सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

 




भर्खरै