२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण: गृहमन्त्री,अर्थमन्त्री र मातहतका निकायलाई छानबिनको दायरमा ल्याउन एमालेको माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सुन तस्करीमा गृहमन्त्रालय अर्थमन्त्रालय र भन्सार बिभाग सबैलाई अनुसन्धानको दायरमा ल्याउनु पर्ने बताएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा बौल्दै नेकपा एमालेका दलका नेता देबेन्द्र दाहालले उहाँहरुलाई छानबिनको दायरमा ल्याउनु पर्ने र यसका लागि उच्चस्तरीय न्यायीय समिति वा संसदीय छानबिन समिति बन्नु पर्ने माग गर्नुभयो ।

उहाँले संसदीय छानबिन समितिमा राष्ट्रियसभाको समेत प्रतिनिधित्व हुनु पर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो ‘यो प्रकरण सार्वजनिक भए लगत्तै गृहमन्त्री , अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने थियो तर उहाँहरु राजीनामा दिनुको साटो के के न गरे जस्तो हिसाबले प्रस्तुत हुनु भएको छ । यो दूर्भाग्य हो ।’

दाहालले भन्नुभयो ‘सरकारको संग्लनता बिना यस्तो काम हुनै सक्दैन ,अब यो नैतिकताको कुरा नभै कानूनी छानबिनको दायरमा ल्याउनु पर्छ ।’