५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण: गृहमन्त्री,अर्थमन्त्री र मातहतका निकायलाई छानबिनको दायरमा ल्याउन एमालेको माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सुन तस्करीमा गृहमन्त्रालय अर्थमन्त्रालय र भन्सार बिभाग सबैलाई अनुसन्धानको दायरमा ल्याउनु पर्ने बताएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा बौल्दै नेकपा एमालेका दलका नेता देबेन्द्र दाहालले उहाँहरुलाई छानबिनको दायरमा ल्याउनु पर्ने र यसका लागि उच्चस्तरीय न्यायीय समिति वा संसदीय छानबिन समिति बन्नु पर्ने माग गर्नुभयो ।

उहाँले संसदीय छानबिन समितिमा राष्ट्रियसभाको समेत प्रतिनिधित्व हुनु पर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो ‘यो प्रकरण सार्वजनिक भए लगत्तै गृहमन्त्री , अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने थियो तर उहाँहरु राजीनामा दिनुको साटो के के न गरे जस्तो हिसाबले प्रस्तुत हुनु भएको छ । यो दूर्भाग्य हो ।’

दाहालले भन्नुभयो ‘सरकारको संग्लनता बिना यस्तो काम हुनै सक्दैन ,अब यो नैतिकताको कुरा नभै कानूनी छानबिनको दायरमा ल्याउनु पर्छ ।’