३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

शेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयोः शेयर लगानीकर्ता

शेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयोः शेयर लगानीकर्ता
अ+ अ-

काठमाडौँ । राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन् ।

शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए । उहाँहरुले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए । लगानीकर्ताहरुले राष्ट्र बैंकले लगानीकर्ताहरुलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए ।

उनीहरुले राष्ट्र बैंकले शेयर लगानीकर्ताहरुको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु शेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताउनु भयो। उहाँले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताउनु भयो । उहाँले मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भएपनि शेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको महशुस भएको भएपनि दुई घण्टाको बीचमा बिरोध गर्नुपर्ने अवस्था आएको बताउनु भयो।

उहाँले सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई प्यानिक बनाएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आएको बताउनु भयो । उहाँले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको बताउनु भयो। अध्यक्ष पोखरेलले लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताउनु भयो । उहाँले मौद्रिक नीति जस्तो आएपनि लगानीकर्ताले धेरै कुराहरु भागिसकेकाले अब शेयर बजार साउन महिनादेखि सुधार हुने अपेक्षा रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ विगत दुई वर्षदेखि निरन्तर रुपमा गिरावट रहेको शेयर बजार विगतमा नीतिहरु परिवर्तन भएर मलम पट्टिको काम गर्छ भन्ने लगानीकर्ताहरुको अपेक्षा थियो । लगानीकर्ताहरुको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन । लगानीकर्ताहरुलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो त्यसले लगानीकर्ताहरु थप प्यानिक भएका छौं । मौद्रिक नीतिले आम लगानीकर्ताको माग सम्बोधन भएको छैन । शेयर बजार घटबढ राजनीतिक विषय,बजारमा तरलता र ब्याजदरको कारण हुन्छ । मुुलुकको अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा शेयर बजार राम्रो हुन्छ भन्ने अपेक्षा थिएन । तर दुई वर्ष देखिको मौद्रिक नीतिकै कारण बजार प्यानिक भइरहेको छ । शेयर कर्जाको जोखिमभार १०० बाट १५० पु¥याएको छ । त्यसलाई १०० मात्रै कायम गर्नुपर्छ र १२ करोडको सीमा खारेज गर्नुपर्छ भन्ने माग हो ।

तर लगानीकर्ताको माग कुनै पनि सम्बोधन भएन । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा स्वागत गरौं । जसमा शेयर कर्जाको जोखिमभार पुनरावलोकन गरिने छ भनिएको थियो । लगानीकर्ताको माग सम्बोधन भयो भन्ने अपेक्षा थियो । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन ग¥यो भनेर स्वागत गर्दा दुई घण्टापछि गभर्नर ज्युले सबै लगानीकर्ताको लागि ल्याएको छैन भनेपछि त्यसको बिरोध गरेका छौं । नीति बनाउँदा नीति निर्माताहरुले लगानीकर्ताहरुको स्पष्ट कुरा गर्नुपर्छ । सरकारले नीति बनाउँदाबीचमा लुपहोल राखिन्छ । तर सरकारले नीति ल्याउँदा सबै लगानीकर्ताले स्पष्ट बुझ्ने गरी ल्याउनुपर्छ ।

राष्ट्र बैंकले दुई वर्षदेखि शेयर बजारलाई प्यानिक बनाउने गरी नीति बनाउन राजनीतिक अवस्था जस्तो लाग्छ । शेयर बजारलाई आफ्नो लयमा चल्न दिनुपर्छ । दुई वर्षदेखि साना लगानीकर्ता मर्काका रहेका छन् । राष्ट्र बैंकले पुँजीबजारप्रति इगो राखेर नीति ल्याउने काम भएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले यो सरकार त्यो सरकार यो अर्थमन्त्री भन्ने भन्दा पनि नीतिगत तहमा बसेर मैले कस्तो नीति बनाउने सोचिदिए लगानीकर्तालाई राम्रो हुने थियो । मौद्रिक नीति जस्तो आएपनि लगानीकर्ताले धेरै कुराहरु स्टगल गरिसकेकाले अब शेयर बजारले साउन महिनादेखि सुधार हुन्छ ।’

त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताउनु भयो । उहाँले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको बताउनु भयो । उहाँले शेयर कर्जा संकुचन गर्न ४÷१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताउनु भयो। उहाँले मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको बताउनु भयो। उहाँले लगानीकर्ताहरुले राष्ट्र बैंकस विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गर्नुभयो ।

उहाँले लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने बताउनु भयो। उहाँले मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्यवन अहिलेसम्म नभएको बताउनु भयो । उहाँले भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताउनु भयो। उहाँले मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गर्नुभयो।

त्यस्तै शेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने बताउनु भयो। उहाँले गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको बताउनु भयो । उहाँले गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने दाबी गर्नुभयो ।

उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहेपनि पुँजीबजार अब कसैले रोकेर नरोकिने बताउनु भयो । उहाँले अब नेपाली पुँजीबजार बुलिस भएर जाने बताउनु भयो । उहाँले शेयर लगानीकर्ताहरुले राम्रो कम्पनीमा लगानी गर्दा मौद्रिक नीतिको व्यवस्थाले केही असर नगर्ने बताउनु भयो।