काठमाडौं । नेपाललाई कोभिड १९ महामारीविरुद्ध अमेरिकाले दिने वैदेशिक सहायतामा वृद्धि गरिएको छ । अमेरिकाले दिएको वैदेशिक सहायताको रकम ५ अर्ब ८४ करोड (५ मिलियन डलर) हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन् । महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने समेत जनाएका छन् ।
The U.S. is rapidly responding to Nepal’s COVID-19 surge with our first shipment in a series of critical equipment deliveries to protect healthcare workers. Our assistance to Nepal now exceeds $50M and builds on our commitment to help South Asia combat the pandemic. https://t.co/ZRh6mzW6ow
— Secretary Antony Blinken (@SecBlinken) May 20, 2021








