२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानबालीमा गबारोको समस्या



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका किसानले खेतमा रोपेको धानबालीमा गबारो किराले समस्या पउब्जाएकोे छ । धानबालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न थालेको हो ।

गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका–१ का किसान गोपी साउदले बताउनुभयो ।

“धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।”

कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको उल्लेख गर्दै किसान साउनदले नगरप्रमुख र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको बताउनुभयो ।

गबारोको समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका बिरुवा डुब्ने गरी पानी लगाउन सल्लाह दिइएको नगरपालिकास्थित कृषि शाखा प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

“गबारो रोगको समस्या नगरपालिकाका सबै वडामा छ”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी वडा नं १, २ र ७ मा देखिएको छ, गबारो रोग निदानका लागि किसानलाई उपाय सिकाउने कार्यमा लागेका छौँ, त्यसका लागि टोली परिचालन गरिएको छ ।” शुक्लाफाँटा नगरपालिका–७ का किसान कल्लु डगौराले रासायनिक मल प्रयोग गरिएको खेतमा गबारोको समस्या बढी देखिएको बताउनुभयो । “घरमै उत्पादित प्राङ्गारिक मल हालेको खेतमा गबारोको त्यति समस्या छैन”, उहाँले भन्नुभयो, “रासायनिक मल हालेको खेतमा पूरै गबारो रोगको समस्या छ ।”

नगरपालिकाको चुरे फेदीका किसानले रोपेको धानमा गबारोको प्रकोप बढी देखिएको हो। कृषि शाखका प्रमुख करन सिंह बुढाऐरका अनुसार किसान गवारोको समस्या लिएर शाखमा पुग्न थालेका छन् ।

गबारो किरा शत्रु जीव भएकाले त्यसको व्यवस्थापनका लागि सल्लाह दिने कार्य भइरहेको छ । धान बढने र गाँजो हाल्ने बेला गबारोको समस्या देखिएकाले किसान निकै चिन्तित भएका छन उहाँले भन्नुभयो, “धान रोपिएको ४१ देखि ८० दिनसम्म कार्वोफुरान नामक विषादीको प्रयोग गर्न सल्लाह दिएका छौँ ।”

विषादीले धानका बिरुवाको उपचार गर्दा खेतमा पाँचदेखि आठ सेन्टिमिटरसम्म पानी हुनुपर्ने उहाँको भनाइ थियो । त्यो पानी खेतमा पाँच दिनसम्म राख्नुपर्छ । कञ्चनपुर धान खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । रासस




भर्खरै