२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिमानस्थल निरिक्षणमा



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर एक क्विन्टल सुन बरामद भएको स्थानको निरीक्षण गर्नुभएको छ ।

प्रहरी प्रमुखसँगै पुग्नुभएका गृहमन्त्री श्रेष्ठले सुन बरामद भएको स्थलको अनुगमन गर्नुभएको हो । उहाँसँग प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि निरीक्षण सहभागी हुनुहुन्छ ।

मंगलबार राति हङकङबाट ल्याइएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेक सु भनिएका ३२० थानभित्र सुन लुकाइएको तथ्य सामान भन्सारबाट बाहिरिएपछि खुलेको थियो । सुन भनिएको ब्रेक सुलाई हिजो दिउँसोदेखि नेपाल राष्ट्र बैंक टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।