३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

आव ७९/८०को बक्स अफिस: स्वदेशी चलचित्रको ग्रस व्यापार छहत्तर करोड

आव ७९/८०को बक्स अफिस: स्वदेशी चलचित्रको ग्रस व्यापार छहत्तर करोड
अ+ अ-

काठमाडौँ।आर्थिक वर्ष २०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ ।

कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको मिति २०८०/०४/०२ को निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो ।

गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१  ( छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ । गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०( उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।

प्रदर्शनरत दुई नेपाली कथानक चलिचत्रहरू बगान र जारी तथा दुई विदेशी चलचित्रहरू : Mission Impossible – Dead Reckoning Part One र Resident Evil: Death Island को गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/07980-BOX-OFFICE-COLLECTION.pdf” title=”07980 BOX OFFICE COLLECTION”]