२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सोविता गौतमलाई विश्वप्रसिद्ध युवा अवार्ड



अ+ अ-

काठमाडौँ। सांसद सोविता गौतमले विश्वको प्रतिष्ठित पोलिटिसियन अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । बेलायतको संस्था वान योङ वर्ल्डद्वारा दिइने विश्वप्रसिद्ध सो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन्।

सो अवार्डको आयोजक बेलायती संस्थाले आज विजेतको घोषणा उसको आधिकारिक वेभसाइटमार्फत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद गौतमले विश्वका धेरै मुलुकका युवा राजनीतिकर्मीहरुलाई पछि पार्दै सो अवार्ड जितेकी हुन्।

आआफ्नो देश र समुदायको हितमा अतुलनीय काम गरेको प्रमाणका आधारमा १८ वर्षदेखि ३५ वर्षभित्रका युवा नेता नेत्रीहरुबीच को सो प्रतिस्पर्धा सांसद गौतम सर्वोत्कृष्ट ठहरिएकी हुन् ।

संस्थाद्वारा जारी सूचनामा भ्रष्टाचार नियन्त्रणका लागि असरदार आवाज उठाएको, जनता र समुदायका पक्षमा प्रभावकारी काम गरेको र उनका कामले विश्वका अन्य मुलुकहरुका युवा नेतृत्वलाई समेत सन्देश दिन सफल भएको आधारमा गौतमलाई विजेताको छनौट गरिएको जानकारी दिइएको छ।

संस्थाले प्रत्येक वर्ष विश्वका योग्य युवा राजनीतिकर्मीलाई प्रतिस्पर्धामा सामेल गराई संसार प्रसिद्ध विभिन्न विज्ञहरुलाई निर्णायक राखेर सो अवार्डको विजेता छनोट गर्दै आएको छ ।

निर्णायकमा रहेका विज्ञहरुमा मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने जाम्बियाकी विज्ञ, राजनीति विज्ञ तथा कोष्टारिकाकी पहिलो महिला राष्ट्रपति, कानूनविद् एवं अन्तर्राष्टिय फौजदारी अदालत हेगका एक न्यायाधीश र अमेरिकाको कोलम्बिया युनिभर्सिटीका प्रध्यापक रहेका थिए।

सांसद गौतमसहतिलाई सो अवार्डबाट सम्मानति गर्न आयोजक संस्थाले आगामी अक्टोबर २ २ देखि ५ तारिखका बीचमा एउटा भव्य समारोह बेलायतमा आयोजना गर्ने भएको छ।




भर्खरै