२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले नेपाललाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ एसिया कप अन्तर्गत छिमेकी राष्ट्र भारत ‘ए’ ले नेपालमाथि ९ विकेटको सहज जित निकालेको छ । भारतसँगको हारसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

यस्तै, साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।

त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८५ बलमा ६५ रन जोडे । यस्तै, गुलशन झाले ३० बलमा ३८, देव खनालले २१ बलमा १५, सोमपाल कामीले ३९ बलमा १४ रन जोडे ।

कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आशिफ शेखले ७, भीम सार्कीले ४ रन बनाए । यस्तै पवन शर्राफले ९ बलमा ६ रन जोड्दा ललित राजवंशीले ७ बलमा ३ रन जोडे ।

नेपालले अब अन्तिम खेल बुधबार युएई ‘ए’ सँग खेल्नेछ । भारत २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

पाकिस्तान २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह बी बाट भारत र पाकिस्तान दुबैले सेमिफाइनलको टिकट काटेका छन् ।