काठमाडौं । नेत्री रामकुमारी झाँक्रीले एमालेबाट कारबाहीमा परेपछि यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने संकेत दिएकी छिन् । उनले सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधव नेपाल, नेता झलनाथ खनाल, र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
यता नेत्री झाँक्रीले पछिल्लो समय एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकी थिईन् ।








