२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्की स्किनप्रति सरकार उदासीन: एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेले लम्की स्कीनको न्यूनिकरणको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले पैसा नभएको किसानलाई सरकारले राहत दिन नसक्ने भए सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिए ।

‘लम्की स्कीनको विकराज स्थिती भएको छ । रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन् । ३७ अर्ब बराबरको क्षति हुँदा समेत सरकारले उदासिनता देखिएको छ । यो न्यूनीकरणमा सरकारले काम गरेको भए यो स्थिति आउने थिएन । अझै ठुलो क्षति हुनसक्ने विज्ञहरुले भनिरहेका छन्’, उनले भने ।

सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताउदै उनले खोप, औषधि र राहतको व्यवस्था गराउँन माग गरे ।