२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार तिन फिल्म फ्लपको मार प्रभासलाई, ‘सालार’ किन्न हच्किए हलहरु



अ+ अ-

एजेन्सी । प्रभासको आगामी फिल्म ‘सालार’सँग सम्बन्धित एउटा अपडेट सार्वजनिक भएको छ । रिपोर्टहरूलाई विश्वास गर्ने हो भने फिल्मको थिएटर अधिकार सम्झौता अलपत्र बनेको छ ।

यसको कारण यो हो कि निर्माताहरूले फिल्मको लागि २०० करोड भारु माग गरेका छन् । तर, अहिलेसम्म यस विषयमा निर्माण पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।

रिपोर्टका अनुसार सालारका निर्माताहरूले थिएट्रिकल अधिकारका लागि माग गरेको रकम आरआरआरका निर्माताहरूलाई दिइएको रकम बराबर छ । सालारको बजेट पनि २०० करोड नै छ ।

फिल्मको अधिकारका लागि निर्माताले तेलंगानामा ७२ करोड, सीड जिल्लामा ३५ करोड र आन्ध्र क्षेत्रमा ९० करोड माग गरेका छन् । तर, खरिददार निर्मातालाई यति ठूलो रकम तिर्न तयार छैनन् । यसको प्रमुख कारण प्रभासका अघिल्ला फिल्महरुको प्रदर्शन रहेको मानिन्छ ।

प्रभास प्यान इन्डिया स्टार भए पनि उनका पछिल्ला तीन फिल्म ‘साहो’, ‘राधेश्याम’ र ‘आदिपुरुष’ बक्स अफिसमा फ्लप भए । प्रभासले आफ्नो करियरमा बाहुबली फ्रेन्चाइजबाट स्टारडम पाएका थिए । उनको पछिल्लो हिट फिल्म ‘बाहुबली २’ सन् २०१७ मा रिलिज भएको थियो ।

सालारलाई केजीएफ फेम निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् । हालै यसको टिजर रिलिज भएको छ, जसलाई फ्यानहरुले मन पराएका छन् । फिल्मको पहिलो भाग २८ सेप्टेम्बरमा रिलिज हुनेछ । यसमा प्रभासका अलावा पृथ्वीराज सुकुमारन, श्रुति हसन, टिनु आनन्द र जगपति बाबुजस्ता कलाकारहरु देखिनेछन् ।