१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

सरकार यसरी नै चलिरहे ०८४ मा काँग्रेसले जोसँग मिलेपनि जित्दैनः नेता पौडेल

सरकार यसरी नै चलिरहे ०८४ मा काँग्रेसले जोसँग मिलेपनि जित्दैनः नेता पौडेल
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि काँग्रेसले निर्वाचन जित्न नसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले काँग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरुबाट काँग्रेस डराउनु नपर्ने बताउनु भयो । उहाँले काँग्रेसको मुख्यकुरा मिसन ०८४ हो भने उहाँले सरकारमा अहिले भएको बेलामा कजनताका लागि काम गर्न नसके काँग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ । कसैसँग डराउनु पर्दैन, ८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ । हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन । सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौँ । त्यसैले मुख्यकुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ ।’

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गर्नुभयो। पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उहाँको भनाइ थियो । नेता पौडेलले चुनावका बेला प्रतिष्पर्धीले सोही पार्टीका बिरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेके भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले डिजिटल युनिटको कुरा गरेँ, यसमा म के भन्न चाहन्छु भने साथीहरुलाई सामाजिक सञ्जालमा पार्टीबिरुद्ध नलेख्न आग्रह गर्न चाहन्छु । रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के प¥यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन् । हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिष्पर्धामा उत्रिन्छौँ । यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रश्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिष्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै बिरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौँ ।’

नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिनुभयो ।