२५ श्रावण २०८३, सोमबार
,
Latest
शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ ।

बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बैठकमा जिल्ला सभापति योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (बर्दिया) र रमेशकुमार महत (नुवाकोट)ले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कावा सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिव बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुङ्गा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधि मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर)ले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । रासस