२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासको छानबिन स्टन्टबाजी मात्र हो– ओली



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गासम्बन्धी छानबिन स्टन्टबाजी मात्र भएको बताउनुभएको छ ।

स्ववियु काउन्सिल नेपालको भेलालाई शुक्रबार काठमाडौँमा उहाँले ललिता निवासको जग्गाको छानबिन गर्ने कुरा अहिले हिरो बन्ने स्टन्टमात्र भएको बताउनुभएको हो ।

उक्त प्रकरणको छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै अध्यक्ष यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताउनुभयो ।

“यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस्”, उहाँले भन्नुभयो ।