१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्नुहुन्न– सञ्चारमन्त्री शर्मा

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्नुहुन्न– सञ्चारमन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रले राजीनामा दिँदै हिँड्ने प्रचलन कहीँ पनि नभएको बताउनुभएको छ ।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षी दलको टाउको दुखेको टिप्पणी गर्नुभयो ।

“प्रधानमन्त्रीले बोलेको बिषयमा संसदमा जवाफ माग्ने होइन। राजीनामा चाहिन्छ भन्नेखालको नियोजित रुपमा माग गरिराख्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यसप्रति सरकार गम्भीर छ, प्रधानमन्त्रीले के बोल्नुभएको हो सदनमा स्पष्ट पार्नुहोस् भनेको भए सहज हुन्थ्यो विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने कहीँ पनि प्रचलन छैन।”

आजै प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुहुने मन्त्री शर्माले जानकारी दिनुभयो । प्रतिपक्षको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको उहाँको भनाइ थियो । यद्यपि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने उहाँले बताउनुभयो ।

“प्रधानमन्त्रीले आफ्नो कुरा राखेपछि हामी अगाडि बढ्छौं। सरकार गठन भएदेखि नै सुशासन र अन्यायमा परेका मान्छेहरुको पक्षमा र भ्रष्टाचारको विरुद्धमा दृढतापूर्वक उभिएको छ। पछिल्लो समय सरकारले चालेको कदमले कतिपयको टाउनको दुखाइको विषय बनेको हामीले बुझेका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले शुक्रबार प्रतिस्थापन विधेयक दर्ता गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा नआएसम्म सदन अवरुद्ध गर्ने अडान प्रतिपक्षी दल नेकपा (एमाले) ले राख्दै आएको छ ।