२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्नुहुन्न– सञ्चारमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रले राजीनामा दिँदै हिँड्ने प्रचलन कहीँ पनि नभएको बताउनुभएको छ ।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षी दलको टाउको दुखेको टिप्पणी गर्नुभयो ।

“प्रधानमन्त्रीले बोलेको बिषयमा संसदमा जवाफ माग्ने होइन। राजीनामा चाहिन्छ भन्नेखालको नियोजित रुपमा माग गरिराख्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यसप्रति सरकार गम्भीर छ, प्रधानमन्त्रीले के बोल्नुभएको हो सदनमा स्पष्ट पार्नुहोस् भनेको भए सहज हुन्थ्यो विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने कहीँ पनि प्रचलन छैन।”

आजै प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुहुने मन्त्री शर्माले जानकारी दिनुभयो । प्रतिपक्षको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको उहाँको भनाइ थियो । यद्यपि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने उहाँले बताउनुभयो ।

“प्रधानमन्त्रीले आफ्नो कुरा राखेपछि हामी अगाडि बढ्छौं। सरकार गठन भएदेखि नै सुशासन र अन्यायमा परेका मान्छेहरुको पक्षमा र भ्रष्टाचारको विरुद्धमा दृढतापूर्वक उभिएको छ। पछिल्लो समय सरकारले चालेको कदमले कतिपयको टाउनको दुखाइको विषय बनेको हामीले बुझेका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले शुक्रबार प्रतिस्थापन विधेयक दर्ता गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा नआएसम्म सदन अवरुद्ध गर्ने अडान प्रतिपक्षी दल नेकपा (एमाले) ले राख्दै आएको छ ।