२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरणमा चार पूर्वसचिवसहित ४०६ विरुद्ध पक्राउ पुर्जी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा हालसम्म ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । जसमध्ये चार जना पूवसचिव समेत छन् ।

सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । हाल पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।

प्रहरीका अनुसार उक्त प्रकरणमा हालसम्म ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ .पुर्जी जारी भएको छ । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो यही मुद्दामा जोडिएका हुन् । फाइल टिप्पणी उठाउने र सदर गर्ने काममा उनीहरुको नाम जोडिने गरेको छ ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको प्रहरीको भनाइ छ ।