काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो। सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको थियो । यो अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको उहाँले बताउनु भयो।











