२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : सरकार गठनको समय आज सकिँदै



अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठनका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सीमा आज सकिँदैछ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

यद्यपि नयाँ सरकार बनाउनका लागि आवश्यक बहुमत दुबै गठबन्धनमा पुग्दैन । प्रदेश सरकार निर्माणका लागि ४७ मत आवश्यक पर्छ । हाल नेकपा (एमाले) र राप्रपा गठबन्धनसँग ४६ मत छ भने अर्को गठबन्धनसँग पनि ४६ मत नै छ । यद्यपि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भइ सभामुख बन्नुभएका बाबुराम गौतमलाई पनि जोडेर बहुमत पुर्याउने तयारी गरिएको छ । तर नेकपा (एमाले)ले भने त्यसो गरिए आफू विरोधमा उत्रने चेतावनी दिइसकेको छ ।

गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । राप्रपालाई सहमतिमा ल्याउने जिम्मेवारी पनि उहाँलाई नै दिइएको छ । राप्रपासँग प्रदेशसभामा छ सिट छ । राप्रपाले भने सरकार गठनमा सहयोग गर्ने वा नगर्नेबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन । राप्रपा यसअघि एमाले नेतृत्वको सरकारमा सहभागी थियो ।

कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ ।

यदि आज कुनै पनि दलले बहुमत पुर्याउन नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको नेताका रुपमा हिक्मत कार्कीनै मुख्यमन्त्री बन्नुहुनेछ । तर उहाँले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।