१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपोलो अस्पतालले रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराउने



अ+ अ-

नयाँ दिल्लीः अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । 

“हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले बताए । 

अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख मात्रा खोप लगाइसकेको छ । 

अग्रमोर्चामा काम गर्ने श्रमिक, उच्च जोखिमयुक्त जनसंख्या र कर्पोरेट कर्मचारीहरुलाई खोप लगाउन प्राथमिकता दिनेछ ।”

उनीहरूको खोप कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै कामिनेनीले भन्नुभयो, “जुन महिनामा हामी हरेक हप्ता १० लाख खोप लगाउने छौँ भने जुलाईमा यो क्षमतालाई दुई गुणा बढी बनाउने छौँ । हामी यो बर्षको सेप्टेम्बरसम्ममा २० करोड खोपहरू लगाउने कामलाई सम्पन्न गर्ने उद्देश्य लिएका छौ ।”  

रूसी खोप स्पुत्निक–भी भारतमा यस महिनाको सुरुदेखि लगाउन थालिएको हो । रिपोर्ट अनुसार भारत र रूसले हरेक महिना तीन करोड ५० लाखदेखि चार करोड खोप उत्पादन गर्ने बताएका छन् जुन अगस्ट वा सेप्टेम्बरदेखि सुरु हुनेछ ।