२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको बताइएको छ । साथै कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिनुभएको थियो ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुरा खापुङले नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गर्नुभएको छ ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय




भर्खरै