१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक–कियाराको ‘सत्यप्रेम की कथा’ले एकैदिन कमायो १२ करोड



अ+ अ-

एजेन्सी । कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म ‘सत्यप्रेम की कथा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले चौथो दिन अर्थात आइतबार १२ करोड कमाएको छ । योसँगै फिल्मले पहिलो विकेन्डमा कुल ३८ करोड कमाएको छ ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ९.२५, शुक्रबार ७ र शनिबार १० करोड कमाएको छ । यस्तै, आइतबार फिल्मले १२ करोड भारु कमाएको हो ।

यसैबीच, कार्तिक र कियाराले मुम्बईको एक थिएटरमा फिल्मको प्रदर्शनको क्रममा अचानक भेट गर्न पुगेका छन् । यहाँ फिल्म हेरेका दर्शकहरूले दुवैलाई उठेर सम्मान दिए । यस क्रममा दुवैले फ्यानसँग सेल्फी समेत खिचे ।

समीर विधानले निर्देशन गरेको फिल्ममा कार्तिक र कियाराका अलावा सुप्रिया पाठक, गजराज राव र शिखा तलसानियाको पनि अभिनय रहेको छ ।