२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन् । उक्त प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जनलाई सोमाबार दिउँसो काठमाडौँबाट पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणमा यो सँगै हालसम्म आठ जना पक्राउ परिसकेका छन् । अदालतको आदेशबाट पक्राउ परेका तीन जना भने छुटिसकेका छन् ।

समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान तत्कालीन अधिकृत पोखरेलले कागजात तयार पारेका थिए ।

त्यसैगरी गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍ बैठकले २०६९ का विभिन्न मितिमा समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजाने निर्णय गरेको थियो ।

सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेशहरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्नेसम्मका काम गरेका थिए ।