१३ मंसिर २०८१, बिहीबार
,
Latest
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल मानव बेचबिखनको आरोपमा एक जना पक्राउ उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ सन् २०२५ को आईपीएलमा अटाएनन् बंगलादेशका खेलाडी नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१६ इस्टर्न जोन कप सेमिफाइनल: नेपालविरुद्ध सिंगापुरले चार विकेट गुमायो



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले १५ ओभर खेल्दा चार विकेट गुमाएर ५० रन बनाएको छ ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै, अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । सन्तोष यादव १८, प्रतिक भट्टराई १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

यस्तै कप्तान दीपु कुमार १२ रनमा आउट भए । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे भने नरेन भट्ट तीन रनमा कट एण्ड बोल्ड आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।