काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेटको प्रमुख लक्ष्य कोभिड–१९ बाट जीवन रक्षा गर्र्नु रहेको बताउनु भएको छ । उहाँले खोपको सुनिश्चितता गर्ने, निःशुल्क खोपको व्यवस्था गर्न बजेट छुट्याइएको बताउनुभयो । उहाँले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि ४ अर्ब छुट्याईको जानकारी दिनुभयो











