२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा होः महानिरीक्षक कुँवर



अ+ अ-

गोरखा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरुले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिवद्ध रही काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुवँरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरुसँगको समन्वयमा स्रोत साधनहरुको व्यवस्थापन सहित प्रहरी कर्मचारीहरुले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसा लगायतका घटना घटेमा तीव्र अनुसन्धान पहल गर्नुका साथै अन्य मुद्दाका फैसला कार्यान्वयन र फरार अपराधीहरूको पक्राउ, पेन्डिङ् मुद्दाहरूको फर्छ्यौटप्रति कार्यालय प्रमुखहरु थप क्रियाशील रहन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरुले संगठनका नीति, निर्देशिका र प्राथमिकतालाई अर्जुनदृष्टि बनाएर व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मले कार्यरत रहँदै सेवाग्राहीहरुलाई नागरिकमैत्री व्यवहारका साथ उत्कृष्ट सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

कानुनको निष्पक्ष कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मिठो बोली, वचन र व्यवहारका साथ सेवा गर्ने व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा सबुत प्रमाणको खोजी गर्नुपर्ने, लिखितममा मेहनत गर्ने, पीडितहरू सँगको भेटघाट, उनीहरूको सुरक्षा र घटनाको फलोअप नियमित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।