४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा होः महानिरीक्षक कुँवर



अ+ अ-

गोरखा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरुले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिवद्ध रही काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुवँरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरुसँगको समन्वयमा स्रोत साधनहरुको व्यवस्थापन सहित प्रहरी कर्मचारीहरुले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसा लगायतका घटना घटेमा तीव्र अनुसन्धान पहल गर्नुका साथै अन्य मुद्दाका फैसला कार्यान्वयन र फरार अपराधीहरूको पक्राउ, पेन्डिङ् मुद्दाहरूको फर्छ्यौटप्रति कार्यालय प्रमुखहरु थप क्रियाशील रहन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरुले संगठनका नीति, निर्देशिका र प्राथमिकतालाई अर्जुनदृष्टि बनाएर व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मले कार्यरत रहँदै सेवाग्राहीहरुलाई नागरिकमैत्री व्यवहारका साथ उत्कृष्ट सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

कानुनको निष्पक्ष कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मिठो बोली, वचन र व्यवहारका साथ सेवा गर्ने व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा सबुत प्रमाणको खोजी गर्नुपर्ने, लिखितममा मेहनत गर्ने, पीडितहरू सँगको भेटघाट, उनीहरूको सुरक्षा र घटनाको फलोअप नियमित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।