२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा युएईले नेपाललाई १८२ रनको विजयी लक्ष्य दिएको छ ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन जोडेको हो ।

युएईका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४४, रोहन मुस्ताफाले ५६ बलमा ३५, वसिल हमिदले ३५ बलमा २९, आर्यान्श शर्माले ४३ बलमा २८ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले तीन–तीन विकेट लिए । यस्तै, गुलशन झा, दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

 




भर्खरै