२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट सन्तुलित छ, निजी क्षेत्रका सुझावलाई समेटेको छः उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारद्धारा प्रस्तुत बजेट समगम्रमा सकारात्मक र सन्तुलित नै रहेको प्रतिक्रिया दिनुभएको छ ।  

प्रस्तुत बजेटबारे न्युजपोलारसँगको कुराकानीमा उहाँले भन्नुभयो– खासमा त देशको महामारीको अहिलेको अवस्था हेर्दा सरकारले स्वास्थ्य उपचार र स्वास्थ्य पूर्वाधारमा नै बजेटको प्राथमिकता हुनुपर्ने हो र त्यो देखिएको छ । अनि त्यसका अतिरिक्त अरु पनि निजी क्षेत्रले अघि सारेका धेरै कुराहरुलाई यो बजेटले सम्बोधन गर्न खोजेको मैले देखेको छु, जुन सकारात्मक नै देखिन्छ ।  

“यो विषय परिस्थितिमा निजी क्षेत्र निकै समस्यामा रहेकोले यस क्षेत्रले सरकारसँग राखेका कतिपय मागहरु बजेटमा सम्बोधनको प्रयास भएको र तिनको कार्यान्वयन पक्ष अबका दिनमा बलियो हुनुपर्दछ– ढकालले भन्नुभयो,

वरिष्ठ उपाध्यक्ष ढकालले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दश दिन बिदा दिने, विदेशी पर्यटकलाई एक महिना सम्मका लागि प्रवेशाज्ञा निशुल्क गर्ने, आयात प्रातिस्थापनका कार्यक्रमलाई बढावा दिने, निर्यातका कार्यलाई सरकारले जोड दिने तथा कोभिड १९ का कारण प्रभावित रहेको निजी क्षेत्रलाई सहयोगका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता सरकारले अघि सारेकोले बजेटका यी कार्यक्रमहरुलाई सकारात्मक रुपमा नै लिनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले बजेट निर्माणका क्रममा सम्बोधन होस् भनेर निजी क्षेत्रहरुले दिएका कतिपय सुझावहरुलाई यो बजेटले सम्बोधन गर्ने प्रयास गरेको छ । उहाँले कोभिडका प्रभावित क्षेत्रलाई पनि सहयोगका कार्यक्रमहरु ल्याउने भनिएकोले यी कार्यक्रमहरु पनि प्रभावकारी रुपमा आउन् र समग्रमा यी सबै पक्षको सही कार्यान्वयन होस् भन्नेमा जोड दिनुभयो ।