१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक स्थगित, बैठक भोली बस्ने



अ+ अ-

काठमाडौं । आज साँझ बस्ने भनिएको नेकपा (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे आफ्नो निवास बालुवाटारमा बोलाएको बैठक भोली बस्ने भएको हो । 

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने बताईएको छ । यसअघिको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।

विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

उहाँहरू कसैले पनि स्पष्टीकरणको जवाफ दिनुभएको छैन । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप नेतामाथि कारवाही अघि बढाउने सम्भावना रहेको स्रोतले बताएको छ ।